एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस
hamrakura.com · Fri Nov 14 00:00:00 GMT 2025
काठमाडौँ। एनसेलले यही सोमबारबाट सुरु हुन गइरहेको ‘सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेल’लाई झनै रोमाञ्चक बनाउन एनपीएल फ्यान प्याकहरू ल्याएको जनाएको छ। एनपीएलको यो दोस्रो संस्करण अवधिभर ग्राहकहरूले विभिन्न वान टाइम प्याक र रिन्यूवल प्याकहरू खरिद गर्दा प्याकको प्रकार हेरी विभिन्न सेवा, सुविधाहरू बोनस स्वरूप निःशुल्क पाउने छन्।
एनपीएल फ्यान प्याकहरू शनिवार (कार्तिक २९)बाट लागू हुने र मङ्सिर २७ सम्म सञ्चालनमा रहनेछ। अफरको सूचीमा समावेश प्याकअनुसार, ग्राहकहरूलाई २५ मिनेट अन–नेट कल (एनसेलबाट एनसेल नम्बरमा कल), ५० मिनेट अन–नेट कल, निःशुल्क टिकटक, निःशुल्क युट्युब, ७५० एमबी डेटा वा १ जीवी डेटा जस्ता १ दिनका लागि मान्य बोनसहरू उपलब्ध हुनेछन्। यसको अर्थ ग्राहकहरूले प्याकहरूमा प्राप्त हुने सेवा, सुविधा बाहेक थप बोनसको फाइदा लिन सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)