टक शो विवादमा स्वस्तिमाले माफी मागिन्
onlinekhabar.com · Tue Jun 25 18:38:04 UTC 2024

काठमाडौं । टेलिभिजन टक शो विवादमा अभिनेत्री स्वस्तिमा खड्काले माफी मागेकी छन् । जसिता गुरुङले इन्स्टाग्रामबाट दिएको प्रतिक्रियाको कमेन्टमा स्वस्तिमाले भावनामा चोट पुर्याएको भन्दै माफी मागेकी हुन् ।
माफी माग्दै स्वस्तिमा लेख्छिन्, ‘म तपाईंको भावनामा चोट पुर्याएकोमा माफी चाहन्छु । यो एक रमाइलो कार्यक्रम थियो र आवेगसहित कुराहरु बाहिर आयो । तपाईं मेरा लागि सँधै महान साथी हुनुहुन्थ्यो । फेरि पनि म माफी चाहन्छु ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)