बाढी पसेपछि सुस्तावासी समस्यामा
ratopati.com · Fri Sep 25 22:42:07 GMT 2026

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको क्बाढीबस्तीमा पस्न थालेपछि स्थानीयवासी समस्या परेका छन् ।
जिल्लाको सुस्ता गाउँपालिका–५ सुस्तास्थित थारु टोलका घरपरिवार बाढी पसेपछि सुस्तामै रहेको सामुदायिक भवन तथा आफन्तकहाँ आश्रय लिएका छन् । प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले भने, “सुस्ताको थारु टोलमा केही घरमा बाढी पसेपछि त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको हो । केही आफन्तको घरमा गएर बसेका छन् । भने केही सुस्तामा रहेको सुरक्षित आश्रय स्थल (सामुदायिक भवन)मा बसेका छन् ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)