आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा
barnanmedia.com · Fri Sep 25 23:19:19 GMT 2026

सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमतिर सर्दै जाँदा आज रातिदेखि पश्चिम नेपालमा वर्षा बढ्ने पूर्वानुमान गरिएको जनाएको छ ।
कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले आज रातिदेखि वर्षा निरन्तर बढ्ने भएकाले जोखिमका दृष्टिले सुदूरपश्चिममा थप सतर्क रहनुपर्ने अवस्था रहेको बताए । शनिबारदेखि पानी पर्ने क्रम थप बढ्ने र प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने जोखिम बढ्ने उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)