एक लाख जनाले पाएनन् कोरोना बिमा भुक्तानी
ekantipur.com · Tue Aug 03 01:03:34 GMT 2021
काठमाडौँ — सात दिनभित्र दाबी रकम दिने भनेर सुरु भएको कारोना बिमामा करिब एक लाख दाबी भुक्तानी अन्योलमा परेको छ । तोकिएको समयमा सुरुदेखि नै कसैले पनि भुक्तानी पाएनन् नै । अहिले भने पैसा नै नपाइने हो कि भन्ने अन्योल बढेको छ ।
करिब ५ महिना (गत फागुन अन्तिम साता) यता अपवादबाहेक कसैले पनि दाबी भुक्तानी पाएका छैनन् । गत असार मसान्तदेखि कोरोना बिमालेखको अवधि पनि सकिएको छ । बिमा कम्पनीहरूले यही साउन १५ पछि कुनै पनि दाबी नलिने निर्णय नै गरेका छन् । तर त्यसअघिका दाबीका लागि बिमितले कहिलेसम्म कुर्नुपर्ने हो, टुंगो छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)