मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

श्रमिकको गुनासो : ‘बल्लतल्ल राजदूत आउँछन् तर फिर्ता भइहाल्छन्’

ekantipur.com · Thu Nov 11 01:13:37 GMT 2021

काठमाडौँ — कतारमा कार्यरत नेपाली श्रमिकमाझ एकै खालको कुरा चलिराख्छ— ‘राजदूत नहुँदा कहिले आउलान् भनेर पर्खेर बस्छौं । बल्लतल्ल राजदूत आउँछन्, सरकारले फिर्ता बोलाइहाल्छ ।’ सरकारले सन् २०१२ यता तीन राजदूतलाई सरकारले नियुक्ति गरी कतार पठाएको थियो । तीनै जना कार्यकाल पूरा नगरी फर्किए ।

सूर्यनाथ मिश्र (२००७—११) कार्यकाल पूरा गरी फर्केपछि कतारमा ६ महिना राजदूत पद खाली रह्यो । त्यसपछि बाबुराम भट्टराईको नेतृत्वको सरकारले मायाकुमारी शर्मालाई राजदूत बनाएर पठायो । शर्माले १५ महिना पनि काम गर्न पाइनन् । कूटनीतिक मर्यादा नाघेर काम गरेपछि उनी फिर्ता भइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)