रास्वपा कोसी प्रदेशका कुन जिल्लामा को बने सभापति ?
baahrakhari.com · Sun Jun 07 05:35:14 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोसी प्रदेशका विभिन्न जिल्लाको अधिवेशन सकिएको छ । शनिबार र आइतबार भइरहेको अधिवेशनमा प्रदेशका विभिन्न जिल्लामा सभापतिको नेतृत्व चयन भएको हो ।
सुनसरीमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजन कुमार गुरुङ निर्वाचित भएका छन् । त्यस्तै, मोरङमा भरत कँडेल, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्याम बहादुर भुजेल, संखुवासभामा भक्त नारायण श्रेष्ठ, ओखलढुंगामा कृष्णबहादुर थापा सभापतिमा चयन भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)