मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैतडीको शिवनाथको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी

ratopati.com

बैतडीको शिवनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका कर्णसिंह साउद र उपाध्यक्षमा नेकपा (एमाले) का शकुन्तला साउद विजयी भएका छन् । अध्यक्षमा कर्णले ३ हजार १ सय ६५ मत ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हजारी साउदले २ हजार ८ सय ४९ मत ल्याएका छन् ।

उपाध्यक्षमा एमालेका शकुन्तला साउदले २ हजार ८ सय १७ मत ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नरेन्द्रसिंह साउदले २ हजार ६ सय ७९ मत ल्याएका छन् । ६ वडा रहेको शिवनाथको ३ वडामा नेकपा(माओवादी केन्द्र) ले विजय हासिल गरेको छ भने, २ वडामा काँग्रेस र १ मा एमाले विजय भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)