टी-२० विश्वकप : भारतले निकाल्यो पहिलो जित, अफगानिस्तान ६६ रनले पराजित
pahilopost.com · Wed Nov 03 17:46:42 GMT 2021
आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा भारतले अफगानिस्तानलाई हराएको छ। अबु धाबीस्थित जायेद क्रिकेट स्टेडियममा सम्पन्न खेलमा अफगानिस्तानलाई ६६ रनले हराउँदै भारतले जारी विश्वकपमा पहिलो जित निकालेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१० रन बनाएको थियो। २११ रनको ठूलो लक्ष्य पछ्याएको अफगानिस्तान निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रनमा समेटियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)