अर्घाखाँचीमा वन जोगाउन पोखरी अभियान
onlinekhabar.com · Sun Jun 07 05:36:50 GMT 2026

२४ जेठ, अर्घाखाँची । अर्घाखाँचीका विभिन्न सामुदायिक वन क्षेत्रमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय अर्घाखाँचीले जिल्लाभर वन क्षेत्रमा पानीको उपलब्धता बढाउने, वन डढेलो नियन्त्रणमा सहयोग पुर्याउने, भू–जल पुनर्भरण गर्ने तथा वन्यजन्तुको संरक्षण गर्ने उद्देश्यले रिचार्ज पोखरी निर्माण अभियान सञ्चालन गरेको हो ।
वन कार्यालयका सूचना अधिकारी केशव खड्काका अनुसार जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा हालसम्म १६ वटा पुनर्भरण तथा बहुउपयोगी पोखरी निर्माण भइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)