आर्सनलविरुद्ध सिटीको सानदार जित
nepalipatra.com · Thu Apr 27 06:04:59 GMT 2023
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा सिटीले शीर्षस्थानको आर्सनललाई ४-१ गोलले पराजित गरेको हो ।
उपाधि होडमा रहेका दुबै टिमको खेललाई निकै महत्वपूर्ण रुपमा हेरिएको थियो । सिटीलाई घरेलु मैदानमा जित दिलाउन केभिन डि ब्रुएनाले दुई तथा जोन स्टोन्स र एर्लिङ हालाण्डले एक एक गोल गरे । आर्सनलका रव होल्डिङले एक गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)