मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

झापामा गएराति देखिनै भारी वर्षा, थप पानी पर्ने भएकाले सतर्क रहन आग्रह

baahrakhari.com · Mon Jun 27 23:39:00 GMT 2022

काठमाडौं । पूर्वी नेपालका केही स्थानमा गएरातिदेखि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण राति १२ बजेदेखि झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे, दोमुखा– कन्काई र आसपास भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त क्षेत्रमा थप वर्षा हुने पुर्वानुमान रहेकाले मेची, बिरिङ, निन्दा, गेर्खा र आसपासका साना नदीमा एक्कासी बहाव बढ्न सक्ने भएकाले तटिय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)