२० अर्ब ७० करोड बराबरको बीमा दाबी
ratopati.com · Fri Sep 19 21:17:00 GMT 2025

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिका कारण भौतिक संरचनामा पुगेको क्षतिको हालसम्म रु २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ बराबरको बीमा दाबी भएको छ ।
जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा क्षति पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा बीमा दाबी भएको छ । प्राधिकरणका अनुसार दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा कूल ४० वटा बीमा दाबी परेको छ । त्यसको कूल दाबी रु पाँच अर्ब १४ करोड ७९ लाख ६५ हजार बराबर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)