दुई वर्षपछि सञ्चालनमा आयो अक्सिजन प्लान्ट
thahakhabar.com
सल्यान : दुई वर्षअघि सल्यान जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। बिजुलीको भोल्टेज कम भएका कारण थन्किएको प्लान्ट विद्युत् प्राधिकरणले १०० केभीको ट्रान्सफर्मर जडान गरेपछि प्लान्ट सञ्चालनमा आएको हो।
कोरोना कालमा अक्सिजन अभावमा संक्रमितको मृत्यु हुन थालेपछि संघीय सरकारको ७१ लाख रुपैयाँ अनुदानमा प्लान्ट निर्माण गरिएको थियो। दैनिक ४० लिटरको सिलिन्डर दैनिक ४० देखि ४८ थानसम्म भर्न सकिने क्षमताको अक्सिजन प्लान्ट २०७८ असारमा जडान गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)