कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
ratopati.com · Sun Jun 07 05:44:53 GMT 2026

सिरहा । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमाथिको बहुचर्चित पुल निरीक्षणका लागि पुगेका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग स्थानीयले आक्रोश व्यक्त गरेका छन्।
शनिबार साँझ पुलस्थल पुगेर निर्माणको अवस्थाबारे निरीक्षण गरेका मन्त्री लम्सालले काम छिटो सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका थिए। तर पुल निर्माण कहिले पूरा हुन्छ, पुरानै संरचनालाई निरन्तरता दिइन्छ वा नयाँ योजना ल्याइन्छ भन्ने विषयमा स्पष्ट धारणा सार्वजनिक नगरेको भन्दै स्थानीय युवाले विरोध जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)