त्रिवि प्रश्नपत्र ‘लिक’ प्रकरण : दुईजना पक्राउ, शिक्षामन्त्री र आईजीपीबीच छलफल
baahrakhari.com · Sun Jul 26 07:29:00 GMT 2026

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ गरिएको विषयमा प्रहरीले सार्वजनिक रूपमा जानकारी गराएको छैन । शिक्षा मन्त्रालय स्रोतले भने दुईजनालाई सोधपुछका निम्ति नियन्त्रणमा लिइएको जनाएको छ ।
प्रहरी एक उच्च स्रोतले पनि प्रश्नपत्र ‘आउट’ गर्नेमाथिको अनुसन्धान तीव्र पारिएको र केही व्यक्तिलाई नियन्त्रणमा लिइएको बतायो । प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षामन्त्री सस्मित पोखरेल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच पनि छलफल भएको स्रोतको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)