गोरखाको उत्तरी भेगमा भारी हिमपात
farakdhar.com · Wed Jan 25 16:23:00 GMT 2023
गोरखाको उत्तरी भेगमा भारी हिमपात भएको छ । साम्दोलगायतका क्षेत्रमा बुधबार भारी हिमपात भएको हो । चुमनुब्री गाउँपालिका–१ साम्दोका स्थानीयका अनुसार अहिलेसम्म जमिनमा झण्डै एक फिटसम्म हिउँ जमिसकेको छ ।
उत्तरी गोरखाका सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार र सिर्दीबासलगायतका उच्च हिमाली क्षेत्रमा आजदेखि हिमपात सुरु भएको हो । हिमपातका कारण मानिसलाई घर बाहिर निस्कन तथा आवतजावतमा समेत समस्या भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)