नेशनल मेडिकल कलेजको स्पष्टीकरण : शैक्षिक र स्वास्थ्य सेवा प्रभावित भएपछि पीजी चिकित्सक फिर्ता बोलाउन अनुरोध
swasthyakhabar.com · Sat Sep 26 02:18:00 GMT 2026

वीरगञ्ज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले स्नातकोत्तर आवासीय चिकित्सकसँग उत्पन्न विवाद समाधानका लागि पटक–पटक वार्ता तथा संस्थागत पहल गरिए पनि सहमति कायम हुन नसकेको भन्दै प्रथम वर्षका आवासीय चिकित्सक (पीजी) लाई कलेजबाट फिर्ता बोलाउन चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम), त्रिभुवन विश्वविद्यालयसमक्ष अनुरोध गरेको जनाएको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै कलेजले विगत केही दिनदेखि आन्दोलनमा रहेका प्रथम वर्षका आवासीय चिकित्सकका गतिविधिका कारण कलेजको शैक्षिक तथा क्लिनिकल वातावरण प्रभावित भएको दाबी गरेको छ। शैक्षिक अनुशासन, संस्थागत विश्वास र स्वास्थ्य सेवा प्रभावित हुन नदिन उनीहरूलाई फिर्ता बोलाउन विश्वविद्यालयसमक्ष अनुरोध गरिएको कलेजले जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)