मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फरक क्षमता भएका छात्र दाहाललाई ‘स्कुटर’ प्रदान

barnanmedia.com · Fri Sep 19 22:11:53 GMT 2025

फरक क्षमता भएका एक विद्यार्थीलाई विद्यालय–घर आवतजावत सहज बनाउन सवारी साधन (स्कुटर) उपहार दिइएको छ । यहाँस्थित विद्योदय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ का विद्यार्थी अनुप दाहाललाई कोशी प्रदेश सरकारका राज्यमन्त्री सिर्जना राईले स्कुटर हस्तान्तरण गर्नु भएको हो ।

“फरक क्षमता भएका दाहाललाई स्कुटर हस्तान्तरण गरेकी छु” उहाँले भन्नुभयो, “स्कुटरको प्रयोगले उहाँको दैनिकीलाई सहजता थप्ने अपेक्षा लिएकी छु । मेहनती अनुपलाई सानो सहायताले पनि ठूलो प्रोत्साहन मिल्छ भन्ने मलाई विश्वास छ ।” दाहालको दुःखलाई देखेर आफ्नो व्यक्तिगत सहयोगमा स्कुटर वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)