ओलीले शिलान्यास गरेको शिलालेख हरायो
baahrakhari.com · Sun Jul 26 08:12:11 GMT 2026

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दा राखिएको शिलालेख हराएको छ । ०७६ साल कात्तिक ४ मा उद्घाटन गरिएको सुरुङमार्गमा राखिएको शिलालेख हराएको हो ।
उक्त शिलालेख नभेटिएको र खोजी भइरहेको सुरुङमार्गका आयोजना प्रमुख सौजन्य नेपालले बताए । “सामाजिक सञ्जालमा शिलालेख हटाइएको भन्ने कुराहरू आइरहेको छ, हटाइएको होइन,” उनले बाह्रखरी सित भने, “त्यो कतै मिस भएको जस्तो छ, हामी खोजी गर्दै छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)