मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आर्सनल र एभरटन जित्दा टोटनहम पराजित

ekagaj.com · Thu May 20 00:39:31 GMT 2021

काठमाडौँ : इंगलिस प्रिमियर लिग फुटबलमा आर्सनल, एभरटन र न्युक्यासल विजयी भएका छन् । बुधबार राती भएका खेलमा आर्सनलले क्रिष्टल प्यालेसलाई ३-१ गोलले हरायो । उसका लागि निकोलस पेपेले दुई गोल गर्दा गाब्रियल मार्टिनेलीले एक गोल थपे ।

यस्तै एभरटनले वुल्भ्सलाई १-० गोलले हरायो । एभरटनलाई जिताउन रिचार्लिसनले गरेको गोल निर्णायक बन्यो । यस्तै क्युक्यासलले साउथह्याम्पटनलाई १-० गोलले नै हरायो । तर बलियो टोली मानिएको टोटनहम अलाभेससँग २-१ गोलले पराजित भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)