‘बा: एक योद्धा’ को टिजर सार्वजनिक
nagariknews.nagariknetwork.com · Sun Jul 26 08:10:12 GMT 2026

संगीतकार हरि लम्सालको पहिलो निर्देशकिय चलचित्र ‘बा: एक योद्धा’ को टिजर सार्वजनिक भएको छ।
१ मिनेट १२ सेकेन्ड अवधिको मर्मस्पर्शी टिजरमा चलचित्रको कथावस्तुमा प्रकाश पारिएको छ। ‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’ संवादसँगै टिजरको पहिलो झलकमा अभिनेता दिब्यदेव पन्तदेखि सुरु भएको छ। उनी रगताम्मे चित्रण छन्। टिजरमा एक सुखी परिवारमा आएको अप्रत्याशित विपत्तिले परिवार कसरी दुःखमा परेका छन्। भन्ने भावनात्मक दृश्य समेटिएको छ। आमाको भूमिकामा झरना थापा र छोरीको भूमिकामा सुहाना थापा चित्रित छन्। सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र चुनौतिको कथामा चलचित्र बनेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)