युक्रेनले इरानी जहाजमाथि आक्रमण गरेपछि...
nepalviews.com · Sun Jul 26 08:26:52 GMT 2026

काठमाडौं । इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको आरोप युक्रेनमाथि लगाउँदै घटनाको जवाफ दिने चेतावनी दिएको छ । शनिबार भएको उक्त आक्रमणमा एक जना नाविकको मृत्यु भएको तथा अर्का एक जना घाइते भएको इरानले जनाएको छ ।
रुस–युक्रेन युद्धको अन्तरराष्ट्रिय प्रभाव विस्तार भइरहेका बेला इरानले यस्तो आरोप लगाएको हो । यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले इरानसँग सम्बन्धित सैन्य सामग्री ओसारपसारमा प्रयोग हुने जहाजलाई लक्षित गरी क्यास्पियन सागरमा लामो दूरीको आक्रमण गरिएको बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)