निम्बू पानी विराटनगर किंग्सको रिफ्रेसमेन्ट पार्टनर
baahrakhari.com · Fri Nov 14 17:22:10 GMT 2025
काठमाडौं । सिंगापुर बेभरेजेस नेपाल प्रा. लि. द्वारा उत्पादित लोकप्रिय पेय निम्बू पानी यस वर्षको नेपाल प्रिमियर लिग (एनपीएल) सिजनका लागि विराटनगर किंग्सको आधिकारिक रिफ्रेसमेन्ट पार्टनर बनेको छ । यो नेपाली लेमन ड्रिंक ताजगी र गुणस्तरताका कारण उपभोक्ताहरूको रोजाइमा पर्न सफल भएको छ ।
सिंगापुर बेभरेजेस नेपाल प्रा. लि. सँगको साझेदारीले एनपीएलमा यस वर्ष एक ताजगीपूर्ण र प्रभावशाली ब्रान्ड उपस्थिति सुनिश्चित गरेको छ । निम्बू पानीको प्राकृतिक कागती स्वाद किंग्सको ऊर्जा, अनुशासन र प्रतिस्पर्धात्मक भावनासँग सुन्दर रूपमा मेल खाँदै टोलीलाई मैदानमा अझ उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)