फेसबुकबाट राजीनामा घोषणा गरेका मधेशका मुख्यमन्त्रीलाई जनमतले नै हटाउँदै
barnanmedia.com · Fri Sep 19 22:33:07 GMT 2025

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामा प्रकरणले प्रदेशमा राजनीतिक अस्थिरता निम्त्याएको छ।
जेनजी आन्दोलन चर्किएपछि उनले फेसबुकमार्फत राजीनामा घोषणा गरेका थिए। सायद उनले सोचेका थिए, केन्द्रजस्तै प्रदेशमा पनि सरकार ढल्छन्। प्रदेशमा पनि मध्यावधि चुनाव हुन्छ। त्यतिखेर पार्टी अध्यक्ष डा. सीके राउतको निर्देशनअनुसार राजीनामा भएको दाबी गरियो। जनमत पार्टीले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिने घोषणा ग¥यो। पार्टीका सांसद महेशप्रसाद यादवले प्रदेश प्रमुखलाई पत्र बुझाएर मुख्यमन्त्री सिंह र दुई मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय सुनाएका थिए। यसले प्रदेश सरकार अल्पमतमा प¥यो र संकटमा प¥यो। तर, मुख्यमन्त्रीको कार्यालयबाट औपचारिक राजीनामा पत्र प्राप्त नभएको प्रदेश प्रमुखको कार्यालयले जनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)