उत्तरगया धाममा पुसे औंसी श्राद्ध गर्नेहरूको भीड
nepaltvonline.com · Thu Jan 11 00:23:23 GMT 2024
रसुवा- रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्ने बेत्रावतीस्थित उत्तरगया धाममा आज बिहानैदेखि पुसे औंसी श्राद्ध गर्नेहरूको भीड लागेको छ ।
त्रिशुली र फलाखु खोलाको संगमस्थल रहेको यस क्षेत्रमा पुसे औंसीका दिन बर्सेनि हजारौं श्रद्धालुहरू दिवंगत भएका आफ्ना पितृका नाममा श्राद्ध, दान, तर्पण गर्ने गर्छन् । उत्तरगया क्षेत्रमा टाढा–टाढा देखि श्राद्ध गर्न आएका हजारौं भक्तजनहरूको बिहानै देखि भीड लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)