‘महाधिवेशनले कम्युनिष्ट सिद्धान्तलाई समयसापेक्ष परिमार्जन गर्ने’
barnanmedia.com · Tue Jun 25 23:26:08 UTC 2024

काठमाडौँ, ११ असार : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न राष्ट्रिय महाधिवेशनबाट अनुमोदन हुने वैचारिक दस्तावेजले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पु-याउने बताउनुभएको छ ।
पार्टी निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ (समाजवादी) ले दशौँ राष्ट्रिय महाधिवेशनको प्रचारका लागि आज आयोजना गरेको सांस्कृतिक साँझ उद्घाटन गर्दै अध्यक्ष नेपालले महाधिवेशनले कम्युनिष्ट आन्दोलनलाई थप एकताबद्ध गर्ने बताउनुभयो । उहाँले आगामी दिनमा कम्युनिष्ट सिद्धान्तलाई समयसापेक्ष परिमार्जन गरी देश र जनताको हितमा प्रयोग गरिने विश्वास व्यक्त गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)