बर्दिया निकुञ्जमा लागेको डढेलोकाे धुँवाले बस्ती ढपक्कै
rajdhanidaily.com · Mon Apr 05 17:15:38 GMT 2021
बर्दिया । डढेलोको धुँवाले एक साता यता यहाँका बस्ती ढपक्कै ढाकिएका छन् । धुँवाले बस्ती ढाकिदा यहाँका बासीन्दालाई निकै सकस भएको छ । धुँवा कारण आँखा पोल्ने, आँखा पाक्ने, सास फेर्न गाह्रो हुनेलगायतका समस्या देखा परेका छन् । धुँवाबाट वृद्धवृद्धा र केटाकेटी बढी प्रभावित भएका छन् । बृद्धबृद्धालाई सास फेर्न गाह्रो भएको छ । अधिकाशं बालबालिकाहरुलाई रुघाखोकीको समस्या देखिएको स्थानिय स्वास्थ्यकर्मीहरु बताउँछन् । केही दिनयता बर्दिया निकुञ्ज र यसका आसपासका वनमा लागेको डढेलोले गर्दा बस्ती धुँवाले ढपक्कै ढाकिएको हो ।
धुँवाका कारण ठाकुरबाबा, मधुवन, बाँसगढी र बारबर्दिया नगरपालिकाबा बासीन्दा बढी प्रभावित भएका छन् । निकुञ्ज मध्यवर्ती क्षेत्रका बासीन्दा झनै बढी प्रभावित भएका छन् । धुँवाका कारण निकुञ्ज मध्यवर्ती क्षेत्र आसपासका विद्यालयमा पठनपाठनसमेत प्रभावित भएको छ । धुँवाले गर्दा विद्यार्थी कक्षा कोठामा शान्त भएर बस्न नसक्ने भएको विद्यालयका शिक्षकहरु बताउँछन् । धुँवाले गर्दा कक्षा कोठामा विद्यार्थीहरु छटपटाउने, बारम्बार मुख धुन जाने गरेका छन् । शिक्षकलाई पढाउन समेत गाह्रो हुने गरेको त्रिभुवन मावि भुरिगाउँका शिक्षक प्रदिप भण्डारी बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)