भोटेकोसीमा खसेको विद्युतीय सवारी र चालकको खोजी तीव्र, घटनास्थलमा गृहमन्त्री
hamrakura.com · Sun Jul 26 00:00:00 GMT 2026
काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र चालकको खोजी कार्यलाई तिब्र बनाउन गृहमन्त्री सुधन गुरुङ घटनास्थलमा पुगेका हुन्। सुरक्षाकर्मीहरूलाई हौसला प्रदान गर्न गृहमन्त्री स्वयं घटनास्थलमा पुगेका हुन्।
प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार स्थलगत निरीक्षणपश्चात दुर्घटनास्थलमा १० वटा ड्रोनसहित तीनवटै सुरक्षा निकायका कर्मचारी र गोताखोरहरूलाई परिचालन गरिएको छ। दुर्घटनामा परेका कालिका गाउँपालिका–३ तल्लो धारापानीका २२ वर्षीय चालक सविन तामाङको खोजी कार्य जारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)