मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अलैँचीको बजार मूल्यमा गिरावट

ratopati.com · Fri Sep 19 23:12:00 GMT 2025

झापा। नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ ।

नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालले प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा शुक्रबार अलैँची प्रतिमन (४० किलो) विभिन्न ग्रेडअनुसार रु ८१ हजारदेखि रु ९२ हजारसम्ममा बिक्री भइरहेको बताए । सबैभन्दा राम्रो गुणस्तरको अलैँचीलाई ‘बोल्ड’ भनिन्छ । उनका अनुसार ‘बोल्ड’ अलैँचीको अहिलेको बजार भाउ प्रतिमन रु ९२ हजार रहेको छ । सामान्य गुणस्तरको अलैँची ‘चालु’ भनेर चिनिन्छ । जसको भाउ प्रतिमन रु ८१ हजार रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)