किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै पौवादुङमा
annapurnapost.com · Sun Jun 07 05:53:54 GMT 2026

भोजपुर : केहि समय अघिसम्म पौवादुङमा गाउँपालिका–१, श्यामशिलाका रामबहादुर पाण्डे १५ सयदेखि २ हजार ज्याला तिरेर बारी जोताउँथे । समयसँगै खर्च पनि उत्ति नै हुन्थ्यो । हप्ता दिनसम्म हलि, खेताला लगाउँदा खाना, खाजा बोक्नुपर्ने झण्झट छुट्टै थियो । तर अहिले भने उनलाई त्यो सास्ती छैन ।
आफ्नै मिनीटिलर ल्याएपछि त्यो सबै सुल्झिएको छ । गाउँपालिकाले वितरण गरेको ५० प्रतिशत अनुदानको मिनीटिलर पाएपछि उनको दैनिकी नै फेरिएको छ । कम लागतमै दिनभरको काम केहि घण्टामै सिद्धिने भएपछि आफ्नो मात्र नभई अरुको खेतबारी जोतेर राम्रै आम्दानी पनि गर्न थालेका छन् । खेतालालाई दिनुपर्ने ज्याला र खाजाखानाको खर्च पनि जोगिएको छ । ‘हल गोरु र खेतालामा व्यर्थ खर्च हुन्थ्यो, एक दिन काम पनि हप्ता दश दिन लाग्थ्यो, अहिले आफ्नै मिनीटिलर आएपछि हाईसञ्चो मिलेको छ’ रामबहादुरले सुनाए, ‘गाउँपालिकाले दिएको अनुदानको मिनीटिलरले मेरो दिन फेरिएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
सरोज गुरागाईं