मतपत्रमा चिह्न, उम्मेदवारी शून्य
ekantipur.com · Sat Apr 30 00:36:49 GMT 2022
काठमाडौँ — निर्वाचन आयोगमा दर्ता भएर चुनाव चिह्न पाएका १३ दलबाट एक जनाको पनि उम्मेदवारी नपरेको पाइएको छ । आयोगले भने ती दलको समेत चुनाव चिह्न छापेर जिल्ला पठाइसकेको छ ।
आयोगले शुक्रबार दलगत रूपमा सार्वजनिक गरेको उम्मेदवारको विवरणअनुसार रवीन्द्रप्रसाद सिंह अध्यक्ष रहेको वैज्ञानिक समाजवादी पार्टी (रकेट चिह्न), कुमार राई अध्यक्ष रहेको सामाजिक लोकतान्त्रिक पार्टी, भरतमणि दाहाल अध्यक्ष रहेको त्रिमूल नेपाल (गजुर), रामबहादुर गुरुङ (रञ्जित) अध्यक्ष रहेको माओवादी जनमुक्ति पार्टी (कुचो), धनेन्द्रबहादुर बस्नेत अध्यक्ष रहेको मितेरी पार्टी (घोडा) बाट उम्मेदवारी परेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)