गोरखापत्रको महाप्रबन्धकमा एमाले–माओवादीका चाटुकार ‘दाजुभाइ’को आवेदन
bishowkhabar.com · Sun Jun 07 05:57:56 GMT 2026

काठमाडौं– कहिले एमाले, कहिले माओवादी निकट भएर लाभका पदमा पुग्दै आएका लक्ष्मण हुमागाईं अहिले रास्वपानिकट मानिन्छन् ।
गोरखापत्रको महाप्रबन्धक र सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि उनले र उनका दाइ राम हुमागाईंले आवेदन दिएका छन् ।
लक्ष्मण यसअघि नेपाल टेलिभिजनका महाप्रबन्धक र विज्ञापन बोर्डका सिइओ भइसकेका व्यक्ति हुन् ।
पटक–पटक सार्वजनिक पद सम्हालेका व्यक्तिलाई ‘नयाँ अनुहार’को पक्षधर रास्वपाले समर्थन गरेको भन्दै पार्टीभित्रै प्रश्न उठ्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ