फिफा विश्वकप २०२६ र एसियन कप छनौट : नेपालले आज बहराइनसँग खेल्दै
Ujyaaloonline.com · Thu Mar 21 01:14:01 GMT 2024
काठमाण्डौ – नेपालले फिफा विश्वकप २०२६ र एसियन कप छनौट अन्तर्गत दोस्रो चरणको खेलमा आज बहराइनसँग खेल्दैछ । यसअघि नेपालले बहराइनसँगको 'होम' खेल आज त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेल्ने तय थियो । तर एसियाली फुटबल महासङ्घ (एएफसी) का प्रतिनिधिले दशरथ रङ्गशालाको निरीक्षण गरी यहाँ विश्वकप छनौटका खेल खेल्न नमिल्ने बताएपछि नेपालले 'होम एण्ड अवे' दुवै खेल बहराइनमा खेल्ने भएको हो ।
सहराइनसँगको अर्को खेल नेपालले यही चैत १३ गते खेल्ने छ । छनौट अन्तर्गत समूह ‘एच’मा रहेको नेपालले पहिलो चरणको दुवै खेलमा हार व्यहोरेको थियो । नेपालको समूहमा यूएई, बहराइन र यमन छन् । पहिलो चरणको दुवै खेल जितेको यूएई समूहको शीर्ष स्थानमा रहँदा बहराइन र यमनको दुई खेलमा समान २ अङ्क रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)