जागिर छोडेर किताब रोजेका माधवलाल
nepalsamaya.com · Wed Jun 26 00:16:00 UTC 2024

कोट, पाइन्ट र ढाका टोपीमा चिटिक्क थिए। हातमा थान पुस्तक समाउँदै भने, ‘यो चाहीँ जापानी विदेश मन्त्रीलाई उपहार दिन छानेको छु।’ वैशाख महिनाको कुरा हो। जमलस्थित मण्डला बुक प्वाइन्टका प्रमुख माधवलाल महर्जनको पुस्तक पसलमा जापानकी विदेशमन्त्री योको कामीकावाकोले नेपाली लेखकका पुस्तक खरिद गरेका थिए। यति मात्रै होइन, छोटो समयमा महर्जनले विदेशमन्त्रीसँग नेपाली लेखक र पुस्तकको महत्वबारे सुनाउने मौका पाएका थिए।
महर्जनका अनुसार पुस्तक पसल खोलेर कमाएको ठूलो धन भनेको सम्बन्ध नै हो। धेरैले उनलाई व्यङ्ग्य गर्दै भन्ने पनि गर्छन्, ‘पसल चलेपछि धनि भयौँ।’ तर, उनी धनको भन्दा सम्बन्धको महत्व प्राथमिकतामा राख्नछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)