सत्तापक्षकै सांसद विरोधमा उत्रेपछि सुदूरपश्चिम प्रदेशमा बजेटमाथिको छलफल नै सुरु हुन सकेन
nayapatrikadaily.com · Mon Jun 27 03:23:00 GMT 2022
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि प्रदेश सभामा छलफल हुन सकेको छैन । सत्तापक्ष र प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरू बजेट संशोधन हुनुपर्ने मागमा एकजुट भएपछि बजेटमाथिको छलफल सुरु हुन नसकेको हो । छलफल रोकेर सरकार असन्तुष्टलाई मनाउने प्रयासमा जुटेको छ ।
सरकारको आग्रहमा सभामुख अर्जुनबहादुर थापाले बजेटमाथिको छलफलका लागि बोलाएका दुईवटा बैठक स्थगित भएका छन् । गत ८ असारमा बोलाइएको प्रदेश सभाको बैठकमा बजेटमा छलफल सुरु हुने कार्यसूची समावेश गरिएको थियो । तर, कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहित सत्तारूढ एकीकृत समाजवादी र कांग्रेस तथा प्रमुख प्रतिपक्षी एमालेका सदस्यले बजेट संशोधन हुनुपर्ने अडान राखेपछि बैठक स्थगित गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)