ओलीलाई पुनः सर्वसम्मत अध्यक्ष बनाउन आग्रह
gorkhapatraonline.com · Fri Nov 14 17:38:36 GMT 2025

प्रेस चौतारी नेपालले नेकपा (एमाले) को आउने महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत रूपमा पुनः पार्टी अध्यक्ष बनाइनु पर्ने आग्रह गरेको छ । श्रमजिवी पत्रकारहरूको संगठनका रूपमा रहेको प्रेस चौतारीले देशका चुनौतीहरू समाधान गर्न ओलीकै नेतृत्वमा पार्टी र देश अगाडि बढ्नु अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।
आइतबार बसेको प्रेस चौतारीका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आन्तरिक बैठकमा संगठनका अध्यक्ष गणेश पाण्डेले समसामयिक राजनीतिक परिस्थितिमा ओलीको सक्षम नेतृत्व नै राष्ट्रिय आवश्यकता भएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)