२० वर्षपछि हरुवाचरुवाको अवस्था अध्ययन
ekantipur.com · Sat Jan 01 01:18:23 GMT 2022
काठमाडौँ — सरकारले कानुनी रूपमा मुक्ति घोषणा गरेको २० वर्षपछि हरुवाचरुवाको अवस्थाबारे अध्ययन थालेको छ । कमैया श्रम (निषेध गर्ने) सम्बन्धी ऐन २०५८ ले हरुवाचरुवालाई कमैया श्रमिकका रूपमा परिभाषित गरेको छ ।
ऐन बनेपछि सरकारले धेरैजसो कमैयाको पुनःस्थापना पनि गरेको छ तर हरुवाचरुवा र कम्लरीले अझै मुक्त नभएको गुनासो गरेका छन् । मुलुकभर हरुवाचरुवा कति संख्यामा छन्, सरकारी तथ्यांक छैन । यसको अध्ययनका लागि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले श्याम श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिमा गणेश विक, हरि श्रीपाइली, मन्त्रालयका उपसचिवहरू चन्द्रप्रसाद सिवाकोटी र शाखा अधिकृत रेमानसिंह राना सदस्य छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)