मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा स्याङ्जाको सभापतिमा भण्डारी विजयी

ratopati.com · Sun Jun 07 06:04:55 GMT 2026

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जाको सभापतिमा रुक्मांगत भण्डारी (विश्वास) विजयी भएका छन् । शनिबार सम्पन्न मतदानमा भण्डारीले निकटतम प्रतिस्पर्धी उपेन्द्र अर्याललाई भारी मत अन्तरले पराजित गरेका हुन् । भण्डारीले २ सय ८४ मत प्राप्त गर्दा अर्यालले २४ मत मात्रै पाए ।

उपसभापतिमा उमा फुयाँल विजयी भएकी छिन् । उनले १ सय ४५ मत ल्याएर जित्दा निकटतम प्रतिस्पर्धी श्रीराम घिमिरेले १ सय मत पाए । शान्ता अर्यालले ३३ र रामप्रसाद भुसालले २६ मत प्राप्त गरे । उपसभापतिमा ४ जना प्रतिस्पर्धामा थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)