वैदेशिक रोजगारी ठगीका ४० हजार बढी मुद्दा डिजिटल अभिलेखीकरण गरिँदै
onlinekhabar.com · Sun Jun 07 06:00:08 GMT 2026

२४ जेठ, काठमाडौं । वैदेशिक रोजगारी ठगी सम्बन्धी पुराना मुद्दाहरू डिजिटल अभिलेखमा राख्ने क्रम अघि बढेको छ । वैदेशिक रोजगार विभागले २०६४ सालदेखि ठगी सम्बन्धी ४० हजारभन्दा बढी मुद्दा विद्युतीय प्रणालीमार्फत अभिलेखीकरण गर्ने कार्य अघि बढाएको हो ।
२०६४ सालदेखि वैदेशिक रोजगार ठगी सम्बन्धी ४० हजारभन्दा बढी मुद्दा विभागमा थन्किएका थिए । वर्षौंसम्मका फाइलका चाङभित्र सीमित ती मुद्दाहरूलाई अब व्यवस्थित रूपमा खोज्ने, मिलाउने, क्रमबद्ध गर्ने तथा विद्युतीय प्रणालीमा अभिलेखीकरण गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ