रेस्टुरेस्टभित्रै अनलाइन जुवा खाल
rajdhanidaily.com · Mon Jan 31 23:12:56 GMT 2022
काठमाडौं । काठमाडौंको बौद्धमा रहेका एक रेस्टुरेन्टबाट अनलाइनमार्फत जुवा खेल्दै गरेका ७४ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरीवृत्त बौद्धको टोलीले आइतबार साँझ बौद्धस्थित प्लटिङनजिक रहेको एक रेस्टुरेन्टबाट अनलाइन बिंगो खेलिरहेको अवस्थामा ७४ जनालाई पक्राउ गरेको हो प्रहरीका अनुसार दोलखा घर भई बानेश्वर बस्ने ३० वर्षीय सुवास घिसिङले सो रेस्टुरेन्ट सञ्चालन गरेको खुलेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार उनीहरूको साथबाट मोबाइल, बिंगो खेलमा प्रयोग हुने कुपन र नगद नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा ६६ जना पुरुष र ८ जना महिला रहेका छन् । उनीहरूको साथबाट प्लास्टिकको बट्टाभित्र रहेको ७० हजारसमेत गरी कुल ६ लाख १८ हजार २ सय ५० रुपैयाँ बरामद भएको प्रहरीले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)