बेलायतद्वारा इरानी महान्यायाधिवक्तामाथि प्रतिबन्ध
ratopati.com · Sat Jan 14 22:41:00 GMT 2023
लण्डन । बेलायतले इरानको महान्यायाधिवक्तामाथि प्रतिबन्ध लगाएको छ । जासूसीको आरोपमा बेलायती नागरिक अलिरेजा अकबरीलाई शनिबार मृत्युदण्ड दिएको भन्दै बदलामा इरानका महान्यायाधिवक्ता मोहम्मद जाफर मोन्टेजेरीमाथि बेलायतले प्रतिबन्ध लगाउने भएको हो ।
मोन्टेजेरीविरूद्धको बेलायती प्रतिबन्धले अलिरेजा अकबरीको मृत्युदण्डप्रतिको हाम्रो घृणा (विरोध) लाई सङ्केत गर्छ । महान्यायाधिवक्तालाई मोन्टेजेरीलाई इरानले अकबरीविरूद्धको मृत्युदण्डको घोषणाका लागि मुख्य जिम्मेवार ठहर गरेकोले उनीविरूद्ध प्रतिबन्धको घोषणा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)