मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘सम्बन्ध विच्छेद गरेका महिलाले अर्को विवाह गरे अंश फिर्ता गर्नुपर्ने प्रस्ताव गरेका छौं’

onlinekhabar.com · Fri Mar 18 00:40:23 GMT 2022

४ चैत, काठमाडौं । नेपाल कानुन आयोगले सम्बन्धविच्छेद गरेका महिलाले अर्को विवाह गरेमा पूर्वपतिबाट पाएको अंश फिर्ता गर्नुपर्ने नयाँ प्रस्ताव अघि सारेको छ । मुलुकी देवानी संहिता ऐन– २०७४ को संशोधन प्रस्ताव अघि बढाउँदै आयोगले ऐनको दफा १०३ मा नयाँ व्यवस्था थप्न लागेको हो ।

उक्त व्यवस्थामा ‘अंश लिई सम्बन्धविच्छेद गरेकी महिलाले अर्को विवाह गरेमा निजले अंशबापत प्राप्त गरेको सम्पत्ति निजको पूर्वपतिका तर्फबाट छोरा छोरी भए त्यस्ता छोराछोरीले र छोराछोरी नभए पूर्वपति वा पूर्वपतिका अंशियारले पाउनेछन्’ भन्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)