करण बने ५ विकेट लिने तेस्रो खेलाडी
baahrakhari.com · Thu Jun 09 20:21:00 GMT 2022
काठमाडौं । नेपालका अलराउन्डर करण केसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच विकेट लिने तेस्रो खेलाडी बनेका छन् । करणले बिहीबार राति आईसीसी क्रिकेट विश्वकप लिग–२ मा ओमानविरुद्ध पाँच विकेट लिएका हुन् ।
यसअघि नेपालका लागि कप्तान सन्दीप लामिछानेले दुई पटक र सोमपाल कामीले एक पटक पाँच विकेट लिएका छन् । सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५२ विकेट लिएका छन् भने करण र सोमपालले समान ३२ विकेट लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)