मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सबैको लघुवित्तले दियो तरकारी खेतीसम्बन्धी तालीम

abhiyandaily.com

काठमाडौं (अस) । सबैको लघुवित्त वित्तीय संस्थाले सर्लाहीको बयलबासमा तरकारी खेतीसम्बन्धी तालीम दिएको छ । संस्थाले आफ्ना ३३ जना ग्राहक सदस्यको सहभागितामा जेठ १७ देखि १९ गतेसम्म तालीम दिएको हो । सर्लाहीको ईश्वरपुर नगरपालिका–७, बयलबासमा बेमौसमी तथा मौसमी तरकारी खेतीसम्बन्धी तालीम दिइएको संस्थाका नायब महाप्रबन्धक पवनकुमार श्रेष्ठले जानकारी दिए । तालीममा प्रशिक्षक महेन्द्र मल्लाह, दिपकुमार चौधरी, राधेकृष्ण दत्तलगायतको सहभागिता थियो ।

तालीममा सहभागीहरूलाई करेसाबारीको परिचय, महत्त्व, तरकारीको नर्सरी बनाउने तरीकाका साथै हिउँदे तरकारी, फल तरकारी, लहरे तरकारी, जरे तरकारी खेती प्रविधि लगायतको बारेमा जानकारी गराइएको थियो । त्यस्तै कोसे तरकारीखेती प्रविधि, तरकारखेतीमा मलखादको प्रयोग, सिँचाइ तथा व्यवस्थापन, सागबाली खेती र बेमौसमी तरकारीखेती प्रविधि, तरकारी बालीमा लाग्ने रोग तथा कीराहरूको जानकारी तथा विषादी व्यवस्थापन, तरकारी बालीमा उचित पोष्ट हार्भेष्टको बारेमा समेत जानकारी गराइएको संस्थाले जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)