मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

विश्व क्यान्सर दिवस : स्वदेशमै उपचार सहज, सुरुवाती चरणमै थाहा पाए सजिलै निको हुने

Ujyaaloonline.com · Sat Feb 04 01:37:09 GMT 2023

काठमाण्डाै - आज विश्व क्यान्सर दिवस : विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यसवर्ष ‘क्यान्सर सचेतनाको आवाजका लागि एकताबद्ध बनौँ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार निको नहुने खोकी लागिरहने, स्वर धोद्रो हुने, स्तन वा शरीरमा गिर्खाहरु आउने, शरीरको कुनै ठाउँबाट रगत बग्ने, निको नहुने घाउ हुने, कालो कोठीहरु आउने, अपच हुने, दिशा सामान्य नहुने लक्षण देखिएमा क्यान्सरको शङ्का गर्न सकिन्छ । क्यान्सरलाई नेपालीमा अर्बुद रोग भनेर पनि बुझिन्छ । नसर्ने रोग भए पनि क्यान्सर रोग विश्वव्यापी चुनौती बनेको छ । तर समयमै पहिचान र उपचार हुनसकेमा धेरै हदसम्म क्यान्सर रोकथाम गर्न सकिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)