रुसी नौसेना र आणविक शक्ति निरन्तर बलियो बन्दैछ : भ्लादिमिर पुटिन
onlinekhabar.com · Sun Jul 26 11:45:14 GMT 2026

राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी नौसेना निरन्तर विकास भइरहेको र न्युक्लियर ट्रयाडको नौसैनिक पक्ष झन् बलियो बन्दै बताएका छन् । नौसेना दिवस को अवसरमा बधाई सन्देश दिँदै राष्ट्रपति भ्लादिमिर पुटिनले सो कुरा बताएका छन्।
पुटिनले भने, ‘तिनीहरू निरन्तर विकसित भइरहेका छन्। रुसको न्युक्लियर ट्रयाडको नौसैनिक पक्षले शक्ति प्राप्त गरिरहेको छ। युद्धपोत र विशेष जहाजहरूको श्रृङ्खलाबद्ध निर्माण जारी छ। पानीमुनि, सतह, तटीय र उडान एकाइहरूलाई उन्नत हतियार तथा उपकरणहरूको आपूर्तिमा सुधार भइरहेको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)