मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नागरिकमा बिमाको पहुँच

rajdhanidaily.com · Mon Nov 20 23:28:56 GMT 2023

राज्यले बिमा क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गरेको भने पनि हालसम्म जम्मा ३५ प्रतिशत नागरिकले मात्र बिमाको पोलिसीअन्तर्गत बिमा गरेका छन् । यसभित्र वैदेशिक रोजगारीमा गएकाहरूको पनि समावेश गरिएको छ । बिमा समितिको प्रतिवेदनअनुसार जेठ अन्तिमसम्म २५ प्रतिशत मात्र बिमाअन्तर्गत समेटिएका छन् । पछिल्ला वर्षमा नागरिकमा बिमासम्बन्धी ज्ञान बढेको हुनाले बिमाप्रति मानिस उत्साहित भएको देखन्छ । हाल मुलुकमा १९ वटा जीवन बिमा, २० वटा निर्जीवन बिमा र दुईवटा पुनर्बिमा कम्पनी सञ्चालनमा रहेका छन् । बिभिन्न बिमा कम्पनीले ३ हजार २ सय ७९ वटा कार्यालयमार्फत बिमा सेवा दिँदैआएका छन् । जेठ मसान्तसम्म जीवन बिमा र निर्जीवन बिमाअन्तर्गत ९० अर्ब रुपैयाँ जम्मा गरेको बिमा समितिले जनाएको छ ।

पछिल्ला वर्षमा बिमासम्बन्धी चेतना विस्तार गर्न विभिन्न प्रशिक्षण तथा प्रचारप्रसार बढाइएकाले बिमा कार्यक्रममा नागरिकको सहभागिता बढेको देखिन्छ । यही क्रमले बिमा गर्नेहरूको मात्रा बढेमा आगामी वर्षमा ४० प्रतिशत पुग्ने अनुमान गरिएको छ । बिमा क्षेत्रको दायरा विस्तार गर्नका लागि हरेक प्रदेशमा प्रादेशिक कार्यालय खोल्ने तयारी पनि बिमा समितिले गरेको छ । पहिलो चरणमा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कार्यालय खोल्ने नीति लिइएको छ । बिमा समितिका अनुसार कोरोना बिमाअन्तर्गत कम्पनीहरूले १० अर्ब ५० करोड रकम दिन बाँकी रहेको छ । यसलाई हेर्दा १ लाख ५ हजार बिमितले अझै भुक्तानी पाएका छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)