डेनमार्कमा किन बैंक डकैती हुनै छोड्यो ?
baahrakhari.com · Sun Jan 15 17:25:00 GMT 2023
कोपेनहेगन । बर्सौंपछि पहिलोपटक डेनमार्क कुनैपनि बैंक डकैतीको घटना घटेको छैन । नोर्डिक मुलुक डेनमार्कमा नगदको कारोबार करिब अप्रचलित भइसकेको छ । अधिकांश डेनिसहरू कार्ड र स्मार्टफोनमार्फत भुक्तानी गर्छन् ।
डेनिस कर्मचारीहरूको संघले सन् २०२२ डकैतीरहित वर्ष भएको खबरको स्वागत गरेको छ । संघका प्रवक्ता स्टिन लुन्ड ओल्सेनले एक विज्ञप्तिमार्फत भनेका छन्, “यो निकै आश्चर्यको कुरो हो । किनभने प्रत्येक बैंक डकैती घटनामा सरोकारवाला बैंक कर्मचारीहरूमा अत्यन्तै धेरै तनाव पर्ने गर्दथ्यो ।"
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)