गरान्चोको उत्कृष्ट गोलमा युनाइटेड विजयी
ekantipur.com · Mon Nov 27 01:06:08 GMT 2023
काठमाडौँ — एलेजान्ड्रो गरान्चोको उत्कृष्ट गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार एभर्टनलाई सजिलै ३–० ले हराएको छ । खेल सुरु भएलगत्तै उनले बाइसाइकल किकमा यस सिजनकै उत्कृष्ट सावित हुन सक्ने गोल गरेका हुन् ।
गुडसन पार्कमा भएको खेलमा युनाइटेडका लागि मार्कस रासफोर्ड र एन्टोनियो मार्सिएलले पनि एक-एक गोल थपे । एभर्टनले भने १० अंक कटौतीको कारबाहीपछि यो खेल खेलिरहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)